दफा ७
राजस्व न्यायाधीकरणमा विचाराधीन रहेको करसम्बन्धी विषय
(१) पुनरावेदन परी राजस्व न्यायाधीकरणमा विचाराधीन रहेको करसम्बन्धी विषयमा पुनरावेदक करदाताले आयोगबाट सो विषयको निर्णय गराई पाउन स्वीकृतिको लागि आयोगमा कारण समेत उल्लेख गरी निवेदन दिन सक्नेछ । त्यसरी निवेदन परी आयोगले कारण मनासिब देखेमा निवेदकलाई स्वीकृति प्रदान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम स्वीकृति प्राप्त भएपछि करदाताले राजस्व न्यायाधीकरणबाट आफ्नो पुनरावेदन फिर्ता लिन निवेदन गर्नु पर्नेछ र यसरी निवेदन परेमा राजस्व न्यायाधीकरणले पनि सो पुनरावेदन फिर्ता लिन अनुमति दिनु पर्नेछ ।
तर त्यस्तो करदाताले राखेको धरौटी उपदफा (३) बमोजिम आयोगबाट अन्तिम निर्णय नभएसम्म फिर्ता गरिने छैन ।
(३) उपदफा (२) अनुसार पुनरावेदन फिर्ता लिएपछि सो करसम्बन्धी विषयमा आयोगले छानबिन गरी पुन कर निर्धारण गर्न सक्नेछ ।